महेन्द्रनगर । ( सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ। प्रदेशसभा बैठक बिहान ११ बजे बस्ने छ, मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिएका छन्।
नेपाली कांग्रेसका शाहले नेकपा ९एमाले० र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीको पद सम्हालेका थिए।
संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक छ।
सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११, र नागरिक उन्मुक्ति पार्टीका ७ सदस्य रहेकोले शाहले विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरिएको छ।