रेडक्रसको महाकाली उप शाखा बाँसखेडा ऐरी सभापतिमा भवानी पन्त चयन

प्रकाशित:

महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी महाकाली उप शाखा बाँसखेडा ऐरीको सभापतिमा भवानी प्रसाद पन्त चयन भएका छन् ।

महाकाली उप शाखको शनिबार सम्पन्न निर्वाचनबाट पदाधिकारी र र सदस्य सबै निर्विरोध चयन भएका छन् । सभापति पन्त निङ्गलाशैनी माध्यमिक विद्यालय गोबरैयाका पूर्व प्रधानाध्यापक हुन् ।

उप शाखाको उप सभापतिमा सबिना भण्डारी, सचिव गणेश महर, कोषाध्यक्ष गोबिन्दबल्लभ पन्त, सह सचिव भुवनेश्वरी भट्ट र सह कोषाध्यक्ष योगेन्द्र पाठक चयन भएका छन् ।

समिति सदस्यमा यज्ञराज चटौत, हर्केश बिष्ट, जयराज भट्ट, जयसिह देउपा र बसन्ती पन्त चयन भएको निर्वाचन अधिकारी नेपाल रेडक्र सोसाइटी कञ्चनपुरका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले जानकारी दिए ।

सुरेश भण्डारी नेतृत्वको तदर्थ समितिले निर्वाचन गराएको हो ।

May be an image of 10 people and tree

May be an image of 11 people and tree

May be an image of 5 people, people studying, people smiling and text

 

ताजा समाचार

सम्बन्धित समाचार