महेन्द्रनगर । सुदूरपश्चिमका चार जिल्लाका आठ स्थानीय तहमा हेलो सीएम, र नमस्ते मेयर कार्यक्रम संचालनमा आउने भएको छ ।
शुक्रबार स्वीट नेपालले सरोकारवालाहरुसंग उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको जनाएको छ । स्वीट नेपालले एक कार्यक्रमको आयोजना गर्दै सरोकारवालाहरुसंग हेलो मुख्यमन्त्री (सीएम) र नमस्ते मेयर नामक कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
सुदूरपश्चिममा कञ्चनपुर, कैलाली, डडेल्धुरा र बझाङका ८ वटा स्थानीय तह र तिनका १६ वटा वडाहरुमा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको स्वीट नेपालले जनाएको छ । उक्त कार्यक्रम महिला तथा विपन्न समुदायलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताए ।
हेलो मुख्यमन्त्री (सीएम) कार्यक्रममा सक्रिय सहभागिताहरुलाई प्रोत्साहन गरी शासन प्रक्रियामा महिला, विपन्न तथा सीमान्तकृत सहभागिता वृद्धी गर्ने, नागरिक र सरकारी अधिकारीहरु बिच खुल्ला संवाद र सहकार्यको संस्कृति विकास गर्ने अध्यक्ष तिरुवाले बताए ।