महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित अमिटी कलेजले बीबीए र बीएचसीएम भर्ना खोलेको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजले चालु शैक्षिक सत्रका लागि यी दुई कार्यक्रममा भर्ना खोलेको छ ।
अमिटी कलेज पोखरा विश्वविद्यालयकै सर्वोत्कृष्ठ कलेजको हो । अमिटी कलेजी सरिता जोशीले विश्वविद्यालयमा प्रथम स्थान हासिल गरि सकेकी छन् ।
कलेज स्थापनादेखि दक्ष र अनुभवी प्राध्यापकहरुद्वारा प्राध्यापन गरिने अमिटीका विद्यार्थी अहिले सरकारी, गैर सरकारी सहित विभिन्न क्षेत्रमा कार्यरत छन् । उनीहरुमध्ये लक्ष्मी बम र गणेश विष्टले राष्ट्र बैंकका जागिरे छन् ।
अमिटी कलेज अस्पताल व्यवस्थापन९बीएचसीएम० मा उपत्यका बाहिर पठनपाठन हुने एक मात्रै कलेज हो । कलेजका ७५ विद्यार्थीले हालसम्म सर्वोत्कृष्ठ अंक ४ जीपीए ल्याएका छन् । त्यस बाहेक ३।७० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ छ ।
कलेजबाट हालसम्म सात सय भन्दा बढी विद्यार्थीले बीबीए उत्तीर्ण गरेका छन् । उनीहरुमध्ये सबै आ–आफ्नो कार्यक्षेत्रमा कार्यरत छन् ।
कलेजले बीबीएझै बीएचसीएममा पनि उत्कृष्ठ नतिजा ल्याएको छ । बीएचसीएमका सबै विद्यार्थी जागिर पाउन सफल भएका छन् ।
पठनपाठन बाहेक कलेजले अतिरिक्त क्रियाकलापमा पनि निरन्तर भाग लिँदै उत्कृष्ठ नतिजा ल्याएको छ । कलेजमा भदौ पहिलो सातादेखि निःशुल्क रुपमा सीएमएटी कक्षाहरु सञ्चालन गर्ने तयारी गरिएको छ ।