महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आजै मन्त्रिमण्डल गठन गर्ने भएका छन ।
त्यसका लागि सत्ता साझेदार दलबाट मन्त्रीमा सहभागी गराउन नाम मागेका छन । शाह नेतृत्वको सरकारमा नेकपा एमालेबाट तीन मन्त्री सहभागी हुने भएका छन् ।
एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ । एमालेको भागमा एक राज्यमन्त्री पनि परेको छ ।
सांसद सुरेन्द्रबहादुर पालका अनुसार दलको बैठकले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याएको बताए ।
उनका अनुसार एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने निर्णय गरेको छ ।