महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षाफल प्रकासित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२को परीक्षाफल प्रकासित गरेको हो । गत बैशाख दोस्रो सातादेखि परीक्षा संचालन भएको थियो ।
कक्षा १२को परीक्षामा बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ । बेलडाँडी गाँउपालिकामा कक्षा १२को परीक्षमा तीन मात्रै सामुदायिक विद्यालय सहभागि भएका थिए । उक्त तीन विद्यालयको तथ्याङ्क अनुसार रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ ।
बेलडाँडी गाँउपालिका २ रौलेश्वर माविले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ६७मा २६विद्यार्थी उर्तिण भएका छन । एक मात्रै विषय लागेका २०, दुई विषय लागेका १६ र २ भन्दा भन्दा विषय लागेका ५ विद्यार्थी रहेका छन । बेलडाँडी गाँउपालिका ४वैवाहको सरस्वती जनता माविमा ६५विद्यार्थीमा १४ विद्यार्थी उर्तिण भएका छन ।
सरस्वती जनता माविका प्रद्यानाध्यापक दिपक बुढाले ६५विद्यार्थीमा १४ विद्यार्थी उर्तिण भएको बताए । प्रअ बुढाले बाँकी १ र २ विषय लागेका विद्यार्थीको विवरण निकाल्न बाँकी रहेको बताए । बेलडाँडी गाँउपालिका ५ईमलियाको गणेश माविका १०विद्यार्थी मध्ये २ मात्रै उर्तिण भएका छन ।
गणेश माविका प्रद्यानाध्यापक जनक थापाले विद्यालयबाट १०मध्ये २विद्यार्थी उर्तिण भएको र बाँकी १ र २विषय लागेका विद्यार्थीको विवरण निकाल्न बाँकी रहेको बताए । ०३९सालमा स्थापना भएको रौलेश्वर मावि पछिल्ला बर्षहरुमा अनपेक्षित परिमाण ल्याईरहेको छ । कुनैबेला रौलेश्वर जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउँदै आएको रौलेश्वर अहिले थलिदैछ ।
विद्यार्थीका अनुसार ध्वज बहादुर विष्टले प्रअको जिम्मेबारी सम्हालेसम्म विद्यालय उत्कृष्ट हुँदै आएको थियो । अहिले शैक्षिक गुणस्तर खस्किदै गएपछि शिक्षक, अभिभावक चिन्तित भएका छन । रौलेश्वरले पुरानो खास गुमाउँदै गएपछि अभिभावक, विद्यार्थीले साख जोगाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।