महेन्द्रनगर । कञ्चनपुरको विभिन्न ठाँउबाट भन्सार छलि गरि ल्याएका अवैध समान प्रहरीले बरामद गरेको छ ।
शनिबार जिल्लाको भीमदत्त– ११ गड्डाचौकी र लालझाडी–६ ढक्का चान्देवबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएको एक लाख ९१ हजार बढीको समान प्रहरीले बरामद गरेको हो ।
चिनी, मल, बिडी, सुर्ती, बेसन, कस्मेटिक लगायतका सामान प्रहरीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले बताए ।