काठमाडौँ । कक्षा १२ को ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ। बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
दुई विषयमा नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ। एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ।
तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ। उनीहरूले मौका परीक्षा दिन पाउनेछन्। परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ।