महेन्द्रनगर । दोधारा चाँदनीमा बिहिबार २३ वर्षिय महिला हीरा शाहको ज्यान लिने हिंसक बाघ नियन्त्रणमा लिइएको छ । शुक्रबार दोधारा चाँदनी–२ कमलशा टोलकी शाहको बाघले अक्रमण गर्दा मृत्यु भएको हो ।

शाहको ज्यन लिएर सोहि ठाउँको उखुँवारीमा लुकेको बाघलाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको छ ।

बिहिबार देखि नै बाघलाई खोजी कार्यमा खटिएको टोलिले शुक्रवार बिहान बाघलाई नियन्त्रणमा ल्याउन प्रयोग गरिने सुइ (डार्ट) लगाएको झण्डै आधा घण्टापछि बाघ नियन्त्रणमा आएको हो ।
