कञ्चनपुरको कृष्णपुरमा मानसिक रोगी भई घुमिरहेका दुई जनाको उद्धार

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरमा मानसिक रोगको सिकार भई घुमिरहेका दुई जनाको उद्धार गरिएको छ ।
मानसिक समस्याले ग्रस्त पुष्कर सिंह र विष्णुदेवी बिष्ट कृष्णपुर नगरपालिकाको गुलरिया बजार क्षेत्रमा घुमन्ते भई डुल्दै आएका थिए ।

उनिहरु दुवै जनाको उद्धार गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख (मेयर) हेमराज ओझाले बताए ।
मानसिक रोगले ग्रस्त सिंह गुलरिया बजारमा नग्न अवस्थामा डुल्दै आएका थिए ।

उनलाई नेपाल प्रहरी, वडा अध्यक्ष टेक पाण्डेय र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उपचार पश्चात् सिंहलाई मानव सेवा आश्रम धनगढीमा राखिएको कृष्णपुर–५ का वडाध्यक्ष पाण्डेयले बताए ।

गुलरिया बजार क्षेत्रबाटै विष्णुदेवी विष्टको पनि उद्धार गएिको छ । कृष्णपुर नगरपालिकाका मेयर ओझाको सहयोगमा उनिलाई उद्वार गरिएको हो । मेयर ओझाले आफ्नो गाडीमा राखेर धनगढी स्थित दृष्टि फाउन्डेसन संस्थामा पुर्याएका हुन् ।

मानसिक रोगबाट ग्रस्त भएकी बिष्टलाई उनकै श्रीमान नैनसिंह बिष्टको आग्रहमा उद्वार गरिएको मेयर हेमराज ओझाले बताए । उनको उपचार निसर्ग अस्पतालमा हुने र स्याहार तथा रेखदेखका लागि दृष्टि फाउन्डेसनमा राखिएको मेयर ओझाले बताए ।

हालसम्म नगरपालिकाको सहयोग र समन्वयमा कृष्णपुरका १२ भन्दा बढी असहाय, मानसिक रोगी महिलाको उद्वार गरी पुनर्स्थापनाका लागि मानव सेवा आश्रम र दृष्टी फाउन्डेसन धनगढीमा राखिएको मेयर ओझाले बताए । दुवैजनाकोे सम्पूर्ण उपचार खर्च कृष्णपुर नगरपालिकाले व्यहोर्ने मेयर ओझाले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार