दोधारा चाँदनीमा दलित बिद्यार्थीलाई छात्रबृति रकम बितरण, शैक्षिक क्षेत्रमा थप गुणस्तर आउने आशा

प्रकाशित:

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको भानु बहुमुखी क्याम्पसका १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

दलित समन्वय समिति दोधारा चाँदनी दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा भानु बहुमुखी क्याम्पसका १३ जना दलित बिद्यार्थीहरुलाई प्रत्येक बिद्यार्थी रु। १३ हजारको दरले नगद रकम बितरण गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

दलित नगर समन्वय समिति गठन कार्यमा ढिलाई भएको र हाल आएर दलित नगर समन्वयले आफ्नो कार्य प्रारम्भ भएको हुदा भानु बहुमुखी क्याम्पसका छात्र तथा छात्राहरुको छनौट मापदण्डको निमार्ण गरि अनुशासित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको उहाँको भनाई रहेको छ् । यसले शैक्षिक सुधारमा सहजता ल्याउन उहाँको बिश्वास छ् ।

दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका सल्लाहकार भक्त बहादुर सुनारले भानु बहुमुखी क्याम्पसमा अध्यनरत ५२ जना दलित बिद्यार्थी मध्ये छनौट गरि १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको बताउनुभएको छ् ।

दलित समन्य समितिले गरेको कार्य सहनिय भएको उहाँले बताउनुभएको छ् । आगामी दिनहरुमा दलितहरुको आर्थिक पार्जन तथा उत्थानको लागी सदैव नगर समन्वय समिति दोधारा चाँदनी कटिबद्ध रहने आफुले बिश्वास राखेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्द, जनप्रतिनिधी, नगर दलित समन्वय समितिका पदाधिकारी, तथा बिद्यार्थीहरुको छात्रवृत्ति रकम वितरण कार्यक्रममा उपस्थित रहेको थियो । कार्यक्रममा छात्रवृत्ति पाएर खुशी हुदै बिद्यार्थी अञ्जली नेपालीले आफुले पाएको छात्रवृत्तिले आफुहरुलाई पठन पाठनमा निकै सहयोग हुने भएको बताउनुभएको छ् ।

आर्थिक अवस्था दैनिय रहेका आफुहरु जस्ता बिद्यार्थीहरुलाई पठन पाठनमा यस्ता कार्यक्रम मार्फत निम्न बर्ग भएका दलित बिद्यार्थीहरुलाई सहयोग कार्यक्रममा निरन्तरता ल्याउनु पर्ने आग्रह उहाँले बताउनुभएको छ् ।

नगर दलित समन्वय समितिले आगामी दिनहरुमा दलित बिद्यार्थीको पठन पाठनमा सघाउ पुग्ने यस्ता कार्यक्रमलाई निरनतरता दिदै आउनु पर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय र दलित समन्वय समितिलाई आग्रह गर्नुभएको छ् । कार्यक्रममा छात्रवृत्ति रकम पाउने १३ जना बिद्यार्थीलाई सम्मान सहित उनिहरुको उज्वल भविष्यको कामना समेत गरिएको आयोजक संस्था नगर दलित समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार