कृष्णपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ चिनी मिल नजिकै पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००९प ३७७७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको हो।

चौधरी कृष्णपुर नगरपालिका–६ का स्थानीय बासिन्दा हुन्। आइतवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार