अछाममा लागुऔषधसहित एक जोडी पक्राउ

प्रकाशित:

अछाम । अछाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका–५ बाट कैलालीको कैलारी गाउँपालिका–७ का ३० वर्षीय प्रकाश बोहरा र २९ वर्षीया कल्पना भण्डारी पक्राउ परेका छन् ।

उनीहरु श्रीमान श्रीमती हुन्। आफ्नो ससुरालीको घरमा बस्दै आएका उनीहरुलाई ३८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार