महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेवि संघ) कञ्चनपुरले ४२ औं विपी स्मृति दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
आइतबार ४२ औं विपी स्मृति दिवसको अवसरमा नेवि संघ कञ्चनपुरले अनाथालयमा शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष रमेश चटौतले बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका पार्टी उपसभापति मिन बहादुर सिंह, कांग्रेस नेता प्रेम बिष्ट लगायत नेवि संघ कञ्चनपुरका नेताहरुको उपस्थिती रहेको थियो ।
नेवि संघ कञ्चनपुरले अध्यक्ष चटौतको नेतृत्वमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।