महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहका अन्तिम परीक्षाको भाषा नेपाली र अङ्ग्रेजी दुवै हुनेगरी प्रश्नपत्र निर्माण गर्ने निर्णय गरेको छ ।
विद्यार्थीहरुको लामो समय पछिको माग पश्चात् यस्तो निर्णय गरेको हो।
सुदूरपश्चिम विश्वविद्यालयले भाषा तथा प्राविधिक विषय बाहेकका विषयहरूमा स्नातक तहका अन्तिम परीक्षाको भाषा नेपाली र अङ्ग्रेजी दुवै हुनेगरी प्रश्नपत्र निर्माण गर्ने निर्णय गरी सम्बोधित गरेको छ।