महेन्द्रनगर । कर्मचारीको निधन भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ ।
नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि शुक्लाफाँटाले शोक बिदा दिएको हो ।
हिजो भएको सडक दुर्घटनामा उहाँको निधन भएको थियो ।
कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।