महेन्द्रनगर । डडेल्धुरामा नुहाउने क्रममा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ११ सलेताकी १७ वर्षीय कल्पना विष्टको बुधबार पन्तुरा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुढा प्रहरी इन्चार्ज प्रनि गगन शिह भाटले बताएका छन् ।

मृतक कल्पना विष्ट जोगबुढाको बैजनाथ मावि मा कक्षा १० मा अध्नरत छात्रा हुन ।
