कञ्चनपुरमा ७७ वर्षयताकै नेपालको दोस्रो ठूलो वर्षा

प्रकाशित:

महेन्द्रनगर । शुक्रवारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमको कञ्चनपुर कैलालीका अधिकांश बस्ती डुवानमा परेका छन् ।

तीन दिनदेखिको अविरल वर्षाले कञ्चनपुर कैलालीका अधिकांश गाउँ, बस्ती, सहर सबै जलमग्न बनेका छन् ।
महाकाली नदीमा पानीको सतह निकै बढेको छ ।

कञ्चनपुरमा नेपालकै ७७ वर्ष यताकै अधिकतम वर्षा भइरहेको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा शनिबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अति भारी वर्षा हुँदा ७७ वर्ष यताकै दोस्रो धेरै एवं ठूलो वर्षा भएको हो ।

महेन्द्रनगर बजार समेत जलमग्न बनेको छ । उचित निकास नहुँदा बजारका अधिकांश पसल भित्र पानि पसेको छ । गाउँघरमा स्थानीयहरुको विचल्ली भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटरसम्म वर्षा मापन भएको छ । वर्षाको यो रेकर्ड हालसम्मकै दोस्रो ठूलो हो ।

यसअघि दोस्रो धेरै वर्षाको रेकर्ड कैलालीको चिसापानीमा रेकर्ड भएको थियो । चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् ।

कञ्चनपुरमा भएको वर्षाले चिसापानीको यो रेकर्डलाई उछिनेको हो ।

यसघि, मञ्चनपुरको महेन्द्रनगरमा सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ ।

नेपालमा हालसम्म सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । एक दिनमा यति धेरै वर्ष नेपालमा हालसम्म अन्त कतै नभएको मौसमविद् हुमागाईंको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार