महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)ले घरधुरीस्तरीय विपद् जोखिम योजना बनाएर विपद्को जोखिम न्युनिकरण गर्ने बताएको छ ।
घर अनुसार विपद्को जोखिम फरक–फरक किसिमको हुने भएकाले घरधुरीस्तरीय विपद् जोखिम योजना बनाएर विपद्को जोखिम न्युनिकरण गर्ने बताएको हो ।संस्थाले बाढिको उच्च जोखिममा रहेका दोधारा चाँदनी नगरपालिका, परशुराम नगरपालिका,र भीमदत्त नगरपालिकाका महाकाली किनारमा रहेका ९,१०,११,१२,१३ वडाहरुमा गणकहरुलाई खटाई प्रत्येक घर हरुको विष्तृत विवरण संकलन गर्ने काम भईसकेको घरधुरीस्तरीय विपद् जोखिम योजना कार्यक्रमका संयोजक राजकुमार सुनारले बताए ।
हाल दोधारा चाँदनी नगरपालिकाका १० वटै वडा र भीमदत्त नगरपालिकाका ५ वटा वडामा १५ जना गणकहरु खटाई घरधुरी जोखिम नक्साङ्कनको काम भएसंङगै सर्वेको आधारमा विभिन्न ६० वटा ईन्डिकेटरको आधारमा प्रत्येक घरधुरीको जोखिमको स्तर निर्धारण गरेको संयोजक सुनारको भनाई रहेको छ ।
जसमा प्रत्येक घरधुरीलाई तिन श्रेणीमा विभाजन गरिएको छ ।जस्तै रातो घर उच्च जोखिम ,पहेलो मध्यजोखिम,हरीयो घरलाई सामान्य जोखिमको हिसाबले घरधुरी छुट्याईएका छन् । गणक हरुले गरेको सर्वैको आधारमा पहिलो चरणमा उच्च जोखिममा परेका घरधुरीलाई घरधुरीस्तर विपद् पुर्वतयारी योजना पुर्याउने लक्ष रहेसंङगै स्वयमसेवकरहरुले उच्च जोखिमको खतरामा परेकाहरुलाई समझाई बुझाई गर्ने बताईएको छ ।
योजनामा रहेका पुर्व चेतावनी प्रणाली,पुर्व सुचना,मौसम सम्बन्धी,बाढि पहिरोको चेतावनी संग विपद्सङग लड्न यी विभिद कुरामा उनीहरुको पहुच कसरी बढाउने भन्ने ज्ञान स्यमसेवकले बताउने संयोजक राजकुमार सुनारले बताएका छन्। घरधुरीस्तर विपद् जोखिम योजनाले विवद्बाट पिडित घरधुरीसंङग समन्वय,सहकार्य र सहयोग गर्ने निकै मदत पुग्ने देखिन्छ ।