Saturday, July 13, 2024

प्रतिबन्धित रसायन हालेको ५७ क्विन्टल आप खाद्य प्रविधिको टोलीद्धारा नष्ट

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भईरहेका छन ।

भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भईरहेका हुन ।

भारतीय बजारबाट उच्च हानिकारक रसायन राखेर पकाएका आँप अहिले जतातजै ठेलादेखि फुट सेन्टरमा बिक्रि वितरण भईरहेको छ ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित आँप बिक्रि वितरण हुन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठुलो परिमाणका आँप बरामद गरेको छ ।

खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहराले पंकज कुमार गुप्ताले संचालन गरेको बालाजी फुट सेन्टरबाट ५७ क्विन्टल ८० किलो आँप बरामद गरिएको बताए । उनका अनुसार २० किलोका २८९ क्रेट आँप बरामद गरेर आइतबार नष्ट गरिएको छ ।

खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन कार्बर्डड राखेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको छ । जफत गरिएको आँप टिप्परमा लगेर जेसिभीले हाडल खनेर नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका सहितका सरोकारवाला निकायबाट बजारमा आँपको अनुगमन गरेर अखाद्य आँप बरामद गरेर नष्ट गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले रसायन नहालेरै पकाएका आँप मात्रै बिक्रि वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ ।

प्रतिबन्धित रसायन राखेर बनाएका आँप महेन्द्रनगरमा मात्रै नभई जिल्लाभरी बिक्रि वितरण भईरहेकाले सबै ठाँउमा अनुगमन गरेर नष्ट गर्न उपभोक्ताले आग्रह गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार