Wednesday, July 24, 2024

सशस्त्र प्रहरीद्धारा लाखौँका मोवाईल बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भुजेला नाकाबाट सशस्त्र प्रहरीले लाखौँका मोवाईल पार्टस९समाग्री० बरामद गरेको छ । गयराती तस्कर समुहले भीनपा ११ भुजेलाबाट मोवाईल समाग्री तस्करी गर्दा सशस्त्र प्रहरीले तस्करका मोबाईल बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५नम्बर गणका गणपति सशस्त्र प्रहरी एसपी खगेन्द्र चन्दले गैर कानुनी रुपमा भारतबाट भन्सार राजस्व चोरीछली गरेर नेपाल भित्र्राईरहेको अवस्थामा मोवाईलका पार्टस बरामद गरिएको बताए ।

एसपी चन्दका अनुसार झण्डै ४लाख बराबरका मोवाईल पार्टस बरामद गरेर भन्सार चलान गरिएका छन । भन्सार कार्यालयदेखि दक्षिण नजिकै भुजेला क्षेत्रबाट तस्करी हुँदा सशस्त्र प्रहरीले मोवाईलका तस्करको योजना बिफल बनाईदिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार