-पप्पु गुरुङ्ग ।
दोधारा । बाढीको बेला हुनसक्ने खतरा रोक्न र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घट्ना टेवुल अभ्यास गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहजिकरणमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा एक दिने बाढीको पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घट्ना टेवुल अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ ।
विपद्को पुर्व तयारी तथा प्रतिकार्यका लागी दोधारा चाँदनी नगरपालिकामा गठन गरिएका ८ वडा बिषयगत समितिका पदाधिकारी सम्मलित बाढीको पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घट्ना टेवुल अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ ।
बाढीको सुचना पाउनु पुर्व, बाढी आएपछि र बाढी आईसकेपछि समग्र सुचना (खोज उद्धार बिषयगत समिति), खाद्य समिति, गैर खाद्य समिति, सुरक्षा तथा संरक्षण समिति, स्वास्थ्य समिति, खानेपानी तथा सरसफाई समिति, शिक्षा समिति र सिघ्र पुनरलाभ बिषयगत समितिले कसरी आफ्नो जिम्मेवारी वहन गर्ने भन्ने बिषयमा बाढीको पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घट्ना टेवुल अभ्यास गरिएको थियो ।
दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवरमा बाढी आएको परिद्धश्य तथा ३ दिन अगावै मौसम तथा पुर्वानुमान शाखाले बाढी आउने सुचनालाई आधार बनाएर बाढीको पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घट्ना टेवुल अभ्यास गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ ।
दोधारा चाँदनी नगरपालिकामा गठन भएको ८ वटा बिषयगत समितिहरुले मौसम तथा पुर्वानुमान शाखाले दिएको सुचना संगै बाढी आएको बेला तथा बाढी गईसकेपछि गर्ने आ–आफ्नो जिम्मेवारी कसरी वहन गर्ने भन्ने बिषयमा कृत्रिम अभ्यास गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ ।
बिगतका दिनहरु भन्दा यस वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न गैरसरकारी संस्थाहरु संग समन्वय गरि बाढीबाट कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती , सुर्खेती टोल, बैतिफाँटा, शान्ती टोल लगाएत बस्तीलाई बाढीबाट मानविय क्षती तथा धनमाल जोगाउने भन्ने बिषयमा अभ्यास गर्दै आएको छ।
महाकाली नदी र जगबुडा नदीको भंगालो दोधारा चाँदनी नगरपालिकाको बस्तीहरुमा पसेर वर्षेनी ठुलो धनमाल तथा मानविय क्षती गर्दैै आएको छ ।
बाढीको पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घट्ना टेवुल अभ्यासमा दोधारा चाँदनी नगरपालिका कार्यालय बिभिन्न शाखाका शाखा प्रमुख, जनप्रनिधी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, बिषयगत समितिका पदाधिकारी तथा पत्रकारको सहभागिता रहेको थियो ।