महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा चार मन्त्रालय टुक्र्राएर पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले आइतबार मन्त्रालय टुक्र्राएर पाँच बिना विभागिय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्राएर, जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय टुक्र्राएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ ।
जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय। उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय यथावत् राखिएको छ ।
आईतबार अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटले स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री सोडारीले १० मन्त्रीपरिषद्को कार्य विभाजन तथा जिम्मेवारी हेरफेर गरेका हुन् । आईतबार मन्त्री हुनेहरुमा पाँच जना मन्त्री कञ्चनपुरका रहेका छन् ।
एमालेबाट बिर बहादुर थापा ‘पातल’ र हिरा सार्की रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट ओम विक्रम भाट ‘सरल’ र लक्ष्मी विक रहेका छन् । समाजवादीबाट मााया पन्त मन्त्री भएका छन् ।