Saturday, July 13, 2024

सुदूरपश्चिम विश्वविद्यालयका ९ जना उपप्राध्यापक र सहप्राध्यापक बढुवा

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले ९ जना सहप्राध्यापक र उपप्राध्यापकको बढुवा गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले आइतबार विभिन्न विषयका पाँच जना सहप्राध्यापक र चार जना उप प्राध्यापकको बढुवा गरेको हो ।

सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुनेमा शुरेस सिह भण्डारी (अर्थशास्त्र),डा. हरिश चन्द्र भट्ट (नेपाली), डा. राजेन्द्र प्रसाद भट्ट (अंग्रेजी), डा. किसन दत्त भट्ट (आर्क्टेक्चर इन्जिनियर) र डा. गोविन्द सिंह बिष्ट (भुगोल) रहेका छन् ।

त्यस्तै उपप्राध्यापकबाट सहप्राध्यापकमा बढुवा सिफारिस हुनेमा अर्जुनसिंह नेगी (अंग्रेजी), उद्धव देव भट्ट (नेपाली), हरि शङ्कर पन्त (व्यवस्थापन) र शिलनिधि चन्द (पाठ्यक्रम) रहेका छन् ।

उनिहरुलाई सेवा आयोगले बढुवाकालागि सिफारिस गरेको हो । बढुवा भएका अधिकांश प्राध्यापक तथा सहप्राध्यापकहरु सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्राध्यापनरत छन् ।

ताजा समाचार

सम्बन्धित समाचार