स्वीट नेपालद्वारा लागु औषध नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरले लागु औषध नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । समाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा स्वीट नेपाल कञ्चनपुरको आयोजनामा लागु औषध (कुलत) न्युनीकरणका लागी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम कंञ्चनपुरको बेलौरी नगरपालिकामा सम्पन्न गरिएको हो ।

कञ्चनपुरको दक्षीणी क्षेत्र बेल्डाडी, लालझाडी, बेलौरी र पुर्नबास नगरपालिकामा रहेका युवा संजालका युवाहरु तथा सम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

स्वीट नेपाल कञ्चनपुका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र पुर्नबास नगरपालिका उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीको बिशिष्ट आतिथ्यमा आज बेलौरी नपाको बेलौरी रिसोर्टको हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका बेलौरीका गौरी प्रसाद जोशी,दलित गैर सरकारी संस्था महासंघका उपाध्यक्ष तथा पुर्व नगरप्रबक्ता बिनोद नेपाली, बेलौरी नगरपालिका युवा संजालका अध्यक्ष बिष्णु अवस्थीले न्युनीकरणका लागी हामी सबैले लाग्नुपर्ने कुरामा प्रतिबद्धता मन्तब्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी पुर्नबास नगरपालिका नगरउपप्रमुख भुलिया रानाले युवाहरु कुलत फसेका कारण यसको समाधानका लागी पनि युवाहरु नै अग्रसर भएर लाग्नुपर्ने कुरामा जोड गर्नुभएको थियो र यसका लागी नगरपालिकाहरुले बजेटको बिनियोजन गर्नुपर्ने जिकिर गरेका थिए ।

आफनो नगरपालिकाले किशोर किसोरीहरुको क्षमता बिकासका लागी कार्यक्रमहरु गरीरहेको जानकारी समेत गराएकी छिन । कार्यक्रममा प्रस्तुतीकरण तथा लागु औषध कारोवार र यसलाई नियन्त्रणका लागी सबै पालिकबाट आउनु भएका सहभागिहरुले आफनो आफनो धारणा राखेका थिए ।

कार्यक्रममा प्रशिक्षक रहेको डिएसपी जोशीले छलफल तथा डाटा बेस लगायत यसको समस्या र समाधानका लागी के गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन स्वीट नेपालका ब्यवस्थापक अमित सुनारले गरेका थिए । स्वीट नेपालले लागु औषध नियन्त्रण सम्बन्धि दिवसको अवसर पारेर जिल्लाका बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दे आईरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार