२१ औं धान दिवसको अवसरमा कृषकहरुलाई कृषी सामग्रीहरु वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा धान दिवसको अवसरका दिन किसानहरुलाई कृषी सामग्रीहरु वितरण गरिएको छ् । वेदकोट नगरपालिका-९ स्थित इन्द्रेणी कृषि सहकारी संस्था लि।ले २१ औं धान दिवसको अवसरमा विभिन्न कृषी सामग्रीहरु वितरण गरेको हो । “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ देशभर २१ औं धान दिवस मनाइएको अवसरमा सहकारी संस्थालाई सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष शिवराज भट्टले बताए ।

प्रधामन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तरगत धान पकेट विकास निरन्तरता कार्यक्रम अन्तरगत अनुदानमा उन्नत धानको विउ, झार मार्नै विषादी, कम्बाईन मिल, रोटाभेटर, ट्रली, बोरिङ, ड्रम आदि सहयोग आएको बताए । वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले हाम्रो देश कृषी प्रधान देश रहेको सन्दर्भमा कृषी प्रधान बनाउन यस क्षेत्रलाई आधुनिकिकरण गरिनु पर्ने बताइन् । किसानहरुलाई आधुनिक युग अनुसारका विभिन्न प्रविधि युक्त औजार मसिनहरु प्रदान गर्न सक्यो भने उहाँहरुको उत्पादन र उत्पादकत्व बढेर जाने आफनो लगानी सुरक्षित रहने बताइन ।

उनले भनिन, ुत्यही भएर आज पनि किसानहरुलाई सहज होस भनेर विभिन्न कृषी औजारहरु अनुदानमा प्रदान गरेका छौ । साथै सरकारको नजर पनि किसानहरुको खेतमा पुग्न सक्नुपर्ने र कृषी संस्कार, कृषीमा क्रान्ती गर्न सक्यो भने संघीय सरकार प्रदेश सरकारबाट राम्रो रणनिती आयो भने किसानहरुको भविष्य समेत सुनिश्चित रहने, उत्पादन बढने र देश आत्मनिर्भर तर्फ उन्मुख हुने उनले बताइन ।ु जोशीका अनुसार चाइना जस्तो देशले कृषीमा क्रान्ती गरे आफनो राष्ट्रको अर्थतन्त्रमा टेवा पुय्राएको देखिएको भएर हाम्रो देशमा पनि कृषीमा लगानी गर्न पर्ने आवश्यकता रहेको छ् ।

वेदकोट नगरपालिकाले आफनो योजना कार्यक्रममा पनि कृषीलाई समेटेर कार्यक्रमको योजना बनाएको छ भने, तरकारी पकेट योजना बनाएर अहिले १५ जना किसानहरुले व्यवसायिक रुपमा काम गरेर आमदानी रोजगार सिर्जना गरेको बताइन् । कृषि प्रशार अधिकृत राम चन्द्र भट्टले अहिलेको जयवायु परिवर्तन भइरहेको समयमा किसानहरुले पनि जयवायु परिर्वतन संगसंगै खेति गर्ने कार्य समेत परिवर्तन गदै जानुपर्ने जरुरी रहेको बताए ।

उनले किसानलाई अधुनिक प्रविधि यस।आर।आई। पद्धतिबाट धान रोप्नेबारे जानकारी गराउनु पर्ने आवश्यकता औंल्याए । ‘किसानलाई कम पानीमा समेत राम्रो धान उत्पादन हुन्छ भन्ने सिकाउनु जरुरी रहेको भट्टले बताए । त्यसैगरी किसानहरुले मनसुन आउँनु अगावै धानको बिउ छर्ने तथा रोप्ने गर्ने गरेको धानको बिउ रोप्ने बेला मनसुनको उपस्थिति छैन भने धान बिग्रने तथा उत्पादनमा कमि आउँने भएकाले मनसुन सुरु भएपछि मात्र धान रोप्ने गर्नुपर्ने कृषि प्राविधिकहरु बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार