एसइईमा कञ्चनपुरबाट ३ हजार ६ सय ९९ विद्यार्थी उत्तीर्ण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसइई दिएका ३ हजार ६ सय ९९ जना ९३८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको नतिजामा उक्त संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९ हजार ६ सय ९१ जना विद्यार्थी सहभागि भएका थिए । परीक्षामा २ जना विद्यार्थीले चार जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्र प्रसाद भट्टले बताए । उनका अनुसार ३ सय विद्यार्थीले ३.६ देखी ४ भन्दा कम जिपिए ल्याएका छन् ।

३.२ देखी ३.६ जिपिए ल्याउने विद्यार्थी संख्या ९ सय ७२ रहेको छ । त्यस्तै २.८ देखी ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ३ सय ७१ रहेको छ । २.४ देखी २.८ जिपिए ल्याउने विद्यार्थी संख्या ९ सय १९ रहेका छन् भने २ देखी २.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ सय ३५ रहेको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ ।

परीक्षामा ५ हजार ९ सय ९२ विद्यार्थी अनित्तीर्ण भएका छन् । यी मध्ये दुई विषयमा एनजी आएका २ हजार ४ सय ६५ जना विद्यार्थीले आगामी साउन १८ र १९ गते हुने पुरक परीक्षा दिन पाउनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार