किसानहरुमा असार १५ को छैन रौनक

प्रकाशित:

महेन्द्रनगर । नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दही, चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा मनाइने गरिन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवस संगै रोपाईं जात्राका रुपमा समेत मनाइने गरिन्छ ।

त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ् । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही, चिउरा खाने गरिन्छ । कृषि बाहेक अन्य पेसा र व्यवसायमा रहेका मानिसहरुले समेत आज दही, चिउरा खाएर असार १५ मनाउँने गर्दछन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र कृषि प्रधान देश भएकाले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएका छन् । तर अहिले गाउँ घरका मानिसहरु जति विकसित हुदैँ गए त्यति नै असार १५ को रौनकता समेत हराउदैँ गइरहेको छ् । सिँचाइको अभावका कारणले गर्दा किसानले अकाशे पानीको भरमा धान रोप्न बाध्य भएका छन् । केही दिनयतादेखि वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन् ।

त्यसैगरी पानी पर्न थालेपछि भीमदत्त नगरपालिका वडा-१९ का किसान खनजोतमा व्यस्त छन् । व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा असार १५ भन्दा पहिले नै सकिने रोपाइँ आज असार १५ लाग्दा समेत नसकिएको स्थानीय किसान कलावती कुवँरले बताइन । उनले भनिन, ‘आजको दिन अर्थात असार १५ को दिनलाई मानिसहरुले दही, चिउरा खाएर मनाउने गर्छन तर, हामी किसानहरुलाई कामको चटारोका कारणले खाना खाने समेत समय हुदैँन । कहिले काम सकिएला र आन्नदका साथ आराम गर्न पाउँला भन्ने हुन्छ । असार १५ मा दही, चिउरा त वास्तविक किसानहरुले भन्दा पनि आन्नदले बसिराखेका मानिसहरुले खाने गरेको उनले बताइन् ।’

त्यसैगरी पहिले पहिले बाजा बजाएर नाचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै, मिठो खाने कुराहरु पकाएर खाएर रोपाइँ गर्ने चलन थियो । बाजा बजाएर हिलोमा खेल्दै रोपाइँ गरिने चलनलाई बेठी लगाउने भन्दछन् । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो स्थानीय कृषक हरि बहादुर साउँदले भने । तर, आज भोलि यो चलन अलि हट्दै गएको छ् । यसले निरन्तरता नपाउने हो भने भोलिका दिनहरुमा उक्त परम्परा समेत दन्त्य कथा जस्तो हुने साउँदले बताए । उनले भने , ‘समाजका मानिसहरु शिक्षित हुदाँ कृषि पेशालाई त्यगेर वाह्य देश जान बढी रुचाउने गरेका छन् । अहिले गाउँघरमा युवाहरुको संख्या घट्दै गएको छ् । जसकारणले गर्दा मानिसहरुमा असार १५ को रौनक पहिलेको भन्दा अहिले निकै लोप हुदैँ गएको उनले बताए ।’

ताजा समाचार

सम्बन्धित समाचार