महेन्द्रनगर । २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट ६ जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन्।
४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका हुन। सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षा कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले सामुदायिक विद्यालयतर्फ सर्वाधिक ४ जिपिए हासिल गरेकी छन्।
गोदावरीकै सैनिक आवासीय महाविद्यालय तेघरीका एक तथा सत्यवदी एकेडेमीका निर्मल ठगुन्नाले पनि ४ जिपिए हासिल गरेका छन्। यस्तै, टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जिपिए हासिल गरेका छन्। कञ्चनपुरको इन्टरनेशनल स्कुलका सोमित कार्की र कञ्चनजङ्घा इङ्लीस बोर्डिङका एक जनाले पनि ४ जिपिए हासिल गरेका छन्। सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन्।