महेन्द्रनगर । कञ्चनपुरमा रहेको एक सामुदायिक विद्यालयलाई ट्रयाक सुट हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिका १५ को कार्यालयले वडामा रहेको सामुदायिक विद्यालय श्री दशरथ आधारभुत विद्यालय निम्बुखेडामा अध्ययनरत ५५ जना छात्रछात्राहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।
यो विद्यालयमा अध्ययन गरिहनु भएका छात्रछात्राहरुलाई विद्यालयमा आउन पनि सजिलो होस भनेर ट्रयाक सुट वडाले सहयोग गरेको वडा सदस्य हरी प्रशाद भट्टले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक मनमोहन जोशीले आफनो विद्यालयमा वडा कार्यालयले गरेको सहयोगले विद्यालयमा अध्ययनरत गरिव, दलित, विपन्न परिवारका विद्यार्थीहरुलाई पनि सहज हुने बताउनु भयो ।
साथै वडाले आफनो सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको आफुले महशुस गरेको र आगामी दिनहरुमा पनि वडा कार्यालयले विद्यालयलाइृ यसरी नै सहयोग गर्नेछ भन्ने आशा रहेको बताउनु भयो । वडामा २ वटा सामुदायिक विद्यालयहरु रहेको अर्को सामुदायिक विद्यालय लक्ष्मी मावी खैरभटीलाई पनि केही बजेट सहयोग गरेको पनि वडा सदस्य भट्टले बताउनु भयो ।