एकीकृत समाजवादीको महाधिवेशन स् प्रतिनिधिलाई पार्टीले भात खुवाउने, बास आफैँ खोज्नुपर्ने

प्रकाशित:

काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी० को असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ । प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिहरूले महाधिवेशन अवधिभर काठमाडौँमा रहँदा बस्ने बासको व्यवस्था सम्बन्धित जिल्ला कमिटीको रोहबरमा प्रतिनिधि आफैँले गर्नुपर्नेछ । प्रतिनिधिहरूलाई १६ गते बेलुकाबाट ९ छाक भात खुवाउने व्यवस्था पार्टीले मिलाएको छ भने दैनिक चिया र खाजाको व्यवस्था पनि गर्ने भएको छ ।

महाधिवेशनमा १ हजार ७७८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ भने अन्य १२ उपसमितिहरू गठन गरेर कार्य विभाजन गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘खाद्य, मञ्च व्यवस्थापन, जनपरिचालन, प्रतिनिधि व्यवस्थापन, सुरक्षा समन्वय, आर्थिक, स्वास्थ्य र सांस्कृतिक उपसमितिहरूलाई जिम्मेवारी तोकिएको छ’, खतिवडाले भने, ‘सबैले आ–आफ्नो तयारी गरिरहेका छन् ।

खतिवडाका अनुसार प्रचार विभागले असार १४ गते पत्रकार सम्मेलन गरेर तयारीबारे सबै जानकारी गराइने छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहित चार वटा दस्ताबेज पेस गरिनेछन् । ती दस्ताबेजहरू छलफल गरेर पारित गरेपछि नयाँ नेतृत्वको छनोटको प्रक्रिया सुरु हुनेछ ।

नयाँ नेतृत्व सहमतिबाटै चयन गर्ने कि निर्वाचनमा जाने भन्ने कुरा महाधिवेशन हलले निर्णय गर्नेछ । तर नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्ने आन्तरिक तयारी गरेका छन् ।

त्यस्तै महासचिवमा दाबी पेस गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले घोषणा नै गरे पनि प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, विजय पौडेल लगायतले पनि आकांक्षा राखेको नेताहरूले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार