बेलौरी नगरद्वारा उच्च शिक्षा अध्ययनका लागि १ सय ९८ विद्यार्थीलाई छात्रबृति वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक स्थानीय सरकारले ग्रामिण भेगका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृति वितरण गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले नगर स्तरिय छात्रबृति कार्यक्रम अन्र्तरगत दुई क्याम्पसमा अध्ययनरत सहित जिल्ला बाह्य प्राविधिक एव उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रत्रृति वितरण गरेको छ ।

बेलौरी नगरपालिका छात्रबृति फोकल प्रशन रोशन चौधरीले चालु आर्थिक बर्ष ०८०÷०८१ मा बेलौरी नगरमा घर भई जिल्ला बाह्यका क्याम्पसमा अध्ययनरत एव स्थानीय स्तरमै रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीको अध्ययनमा सहजताका लागि छात्रबृति वितरण गरेको बताए ।

छात्रबृति फोकल प्रशन चौधरीले बेलौरीका स्थानीय दुई क्याम्पस महाकाली र रामपुर बहुमुखी क्याम्पसका विद्यार्थी सहित नगर बाहिर उच्च शिक्षा, प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रबृति वितरण गरिएको बताए ।

उनका अनुसार रामपुर बहुमुखी क्याम्पसमा अध्ययनरत १४, महाकाली बहुमुखी क्याम्पसमा अध्ययनरत ६५, दलित विद्यार्थी मात्रै ३८ र उच्च शिक्षाका लागि नगर बाहिर रहेका प्राविधिक धार तर्फका ८१ जना विद्यार्थीलाई जनही १० र १५ हजारका दरले २० लाख ५ हजार रुपैया छात्रबृति वितरण गरिएको बताए । जेहेन्दार, गरिब, विपन्न, आदिवासी जनजाती, दलित, मुक्त कमैया, हलिया, द्वन्द्वपीडित सहितका विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।

‘प्राविधिक धार तर्फका विद्यार्थीलाई जनही १५ हजार र साधारण तर्फ जनही १० हजारका दरले हामीले छात्रबृति वितरण गरेका छौँ, ‘उनले भने, ‘यस बर्ष १सय ९८जना विद्यार्थीलाई वितरण गरेका छौँ ।’ बेलौरी नगरका मेयर पोतिलाल चौधरीले स्थानीय विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहजताका लागि पालिकाबाट नगद छात्रबृति वितरण गरिएको बताए ।

मेयर चौधरीले स्थानीय एव बाह्य क्षेत्रमा उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीको पढाईमा टेवा पु¥याउने उदेश्यले पालिकाले छात्रबृति कार्यक्तम ल्याएको बताए ।

मेयर चौधरीले अध्ययनका क्रममा आईपर्ने समस्या समाधानका लागि पालिका सरकारले अभिभाबकत्व बहन गरेको बताए ।पालिकाबाट छात्रबृति पाएपछि विद्यार्थी समेत हर्षित भएका छन । अध्ययनका सिलसिलामा शैक्षिक समाग्री खरिद गर्नकै लागि भएपनि छात्रबृतिले सहजता भएको विद्यार्थीको भनाई छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार