Saturday, July 13, 2024

भीमदत्तलाई अतिक्रमण हटाउने नाममा व्यवसायीमाथि अन्याय नगरिदिन हुन उद्योग वाणिज्य संघको अनुरोध

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको उद्योग वाणिज्य संघले भीमदत्त स्थानीय सरकारसंग अतिक्रमण हटाउने नाममा व्यवसायीमाथि अन्याय नगरिदिन अनुरोध गरेको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगरका सानादेखि ठुला व्यवसायीमाथि धरकपट अन्याय गरिरहेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीले जनप्रतिनिधीसंग भेटेरै अनुरोध गरेका छन ।

बुधबार वाणिज्य संघका पदाधिकारीले भीमदत्त नगरले नाटकीय शैलीमा व्यवसायीको पिरमर्का लत्याउँदै कहिले चाबी बुझ्ने कहिले भत्काउने काम गर्न नहुने तर्क राखेका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भीमदत्त नगरपालिकाबाट व्यवसायीमाथि अति नै अन्याय हुन थालेपछि उपप्रमुख निलम लेखक सहितका जनप्रतिनिधी भेटेरै अन्याय नगर्न आग्रह गरेको बताए ।

स्थानीय सरकारले उद्योगी व्यवसायीको प्रर्बद्धनको साटो उठिबासी गर्ने, होच्याउने, जिस्क्याउने काम गर्ने गतिबिधीले व्यवसायी मारमा परेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार