कञ्चनपुरबाट समाजवादीका २० महाधिवेशन प्रतिनिधी छनौट

प्रकाशित:

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशनका लागि कञ्चनपुरबाट समेत महाधिवेशन प्रतिनिधी छनौट गरिएका छन । समाजवादीले महाधिवेशनका लागि कञ्चनपुरबाट समेत महाधिवेशन प्रतिनिधी छनौट भएका हुन ।

नेकपा एकीकृत समाजवादी जिल्ला सचिव हरक सिह धामीले तीनै निर्वाचन क्षेत्रबाट सर्वसम्मत महाधिवेशन उम्मेदवार छनौट गरिएको बताए । सचिव धामीका अनुसार निर्वाचन क्षेत्र १बाट जिल्ला अध्यक्ष जिवन थापा र तिलक भट्ट दुई जना छनौट गरिएका छन ।

निर्वाचन क्षेत्र २बाट माधव पन्त, गजेन्द्र राना, सृजना भण्डारी, हरिराम चौधरी, प्रजिते चदारो, नित्यानन्द जेठारा र निर्वाचन क्षेत्र ३बाट हरक सिह धामी, राजेन्द्र पाण्डेय, प्रताव तिरुवा, रुप बहादुर रावल, महेशराज जोशी, देबदत्त जोशी, रमेश पन्त, विष्ना पन्त९भट्ट०, तारा बडू, विमला ओझा९भट्ट०, मदन सिह सेराला र जय बहादुर नेगी रहेका छन ।

महाधिवेशका लागि कञ्चनपुरबाट केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य एव सल्लाहकार स्वत महाधिवेशन प्रतिनिधी हुनेछन । ०७८ सालमा नेकपा एमालेबाटै बिद्रोह गरेर निर्माण भएको नेकपा एकीकृत समाजवादी पाटी निर्माण भएको थियो । १६ असारदेखि २० सम्म नेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशन काठमाण्डौँमा हुन लागेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार