कञ्चनपुरमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीलाई सास्ती

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । अहिले कञ्चनपुरको तापक्रम ४०देखि ४७ डिग्रीसेल्सिएस छ । यस्तो प्रचण्ड गर्मीका विच नागरिकले राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीलाई सास्ती खेप्नु परेको हो ।

सरकारले आगामी आर्थिक बर्ष ०८१÷०८२देखि समाजिक सुरक्षा भत्ता र पेन्सन खानका लागि अनिवार्य राष्ट्रिय परिचय पत्र लागु गरेपछि प्रशासनमा परिचय पत्र बनाउनेको दिनप्रतिदिन भिडभाँड बढिरहेको छ । यस अघि राष्ट्रिय परिचय नबनाएका समाजिक सुरक्षा लिने र पेन्सन बुझ्दै आएका सेवाग्राही अहिले प्रशासनमा आउन थालेपछि भिडभाँड उच्च बढेको हो ।

दैनिक हजारौँको संख्यामा आउने सेवाग्राही मध्ये आधाजती राष्ट्रिय परिचय पत्र बनाउने हुन्छन । नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र शाखामा अहिले उच्च भिडभाँड बढेको छ । राष्ट्रिय परिचय पत्र बनाउँदा स्वयमले फोटो खिचाउनुपर्ने, बायोमेट्रिक गर्नुपर्ने बाध्यताले जेष्ठ नागरिक, अशक्त उच्च मारमा परेका छन । गर्मीकै विचमा दिनभर लाईनमा बस्दा बिरामी हुने, बेहोस हुने जस्ता समस्या देखिएका छन ।

२४ जेठमा मन्त्रिपरिषद्ले समाजिक सुुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णसंगै कञ्चनपुरमा १५दिनदेखि प्रचण्डगर्मीसंगै उच्च भिडभाँड बढिरहेको छ । आगामी आर्थिक बर्षदेखि परिचय पत्र नहुँदा भत्ता रोकिने चिन्ताले नागरिक गाँउघरका दुरदराजबाट आउने गरेका छन । उनीहरुले शुरुवातमै टोकन नपाउने पाएपनि पालो नपाउने समस्या भएको दुखेपो पोखेका छन । जेष्ठ नागरिक, अपाङ्ग, अशक्त, गर्भवती बढि मारमा पर्दै आएका छन । पालो नपाएपछि उनीहरु प्रशासनमै सुत्दै आएका छन । प्रचण्ड गर्मीकाविच बाह्य जान नसक्ने अवस्था आएपछि प्रशासनकै सिँढी खाली ठाँउमा सुत्दै आएका छन ।

शुक्लाफाँटा नगरपालिका ७टोटी फुलेकी बृद्ध लवराना खुनाले कुपनका लागि बिहानै ६बजे प्रशासन पुगेपनि दिउँसो ३बजेसम्म पालो नपाएर कुरिरहेको बताए । ‘सरकारले गरेको निर्णयमा हामीले नमान्ने कुरै छैन तर, यो प्रचण्ड गर्मीका विच हामीले जोखिम मोलेर परिचय पत्रको फारम भर्न आउनुपर्ने बाध्यता आयो, ‘उनले भने, ‘हामी नागरिका पीडा कसले बुझिदिने ।’

कृष्णपुर नगरपालिका ९ रैकवारविचुवाबाट आएकी बृद्ध रन्जिता लुहारले दुईदिनदेखि पालो नै नपाएको दुखेसो पोखिन् । ‘पहिलो दिन कुपन लिए, त्यो दिन पालो नै आएन, ‘उनले भने, ‘दोस्रो दिन पनि पालो आउँछ की आउँदैन यस्तो गर्मीका विच गाँउबाट यहाँ आए तर कामै भएन ।’बेलडाँडी गाँउपालिका १ भण्डारी टोलका दिनेश सुनारले बाजेका लागि कुपन लिनै दुई दिन लाईनमा बसेर लिएको बताए ।

राष्ट्रिय परिचय पत्र बनाउन यहाँ त युद्ध जिते जस्तै भएको छ, ‘उनले भने, ‘बाजे लाईनै ढलेर बेहोस भए, अस्पताल लगेर निको भएका छन ।’ भीमदत्त नगरपालिका १५ गोरबैयाकी असशक्त बृद्धा हरिकला आचार्यले सरकारले समाजिक सुरक्षा भत्ताका लागि अनिवार्य परिचय पत्र लागु गरेपछि बाध्य भएर प्रशासन आएको बताईन । ‘हामी दुवै जना बुढाबुढी बिरामी छौँ, ‘उनले भनिन, ‘परिचय पत्र नभएपछि भत्ता कटौती भन्दा जोखिमै मोलेर भएपनि लाईंनमा बसेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी उद्धव सिह कार्कीले दैनिक २सय कुपन वितरण गर्दै आएपनि उच्च भिडभाँडले दोब्बर बढि वितरण गरिएको बताए । उनका अनुसार बिहान ७ देखि दिउँसो १ बजेसम्म पहिलो सिप्ट र दिउँसो ७ देखि साँझ ७ बजेसम्म दुई सिप्टामा फारम भर्न लगाएको बताए ।

‘राष्ट्रिय परिचय पत्र बनाउनेको उच्च भिडभाँडलाई मध्य नजर गरेर नियमित भन्दा अतिरिक्त समय थप गरेरै भएपनि हामीले सेवा प्रवाह गरिरहेका छौँ, ‘उनले भने, ‘अहिले चार स्टेशनबाट बिहान र बेलुका कार्यालय समय भन्दा अघिपछि पनि सेवा दिदा समेत भिडभाँडले सकस भईरहेको छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलनका लागि सबै पालिकाहरुबाट सेवा प्रवाह गरिने बताए ।

अब हामीले ईप्रका त्रिभुवनबस्तीदेखि बेलडाँडी,कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र दोधाराचाँदनी नगरपालिकाबाटै सेवा केन्द्र विस्तार गरेर विवरण संकलन गछौँ, ‘प्रजिअ सापकोटाले भने, ‘पालिका स्तरबाटै सेवा प्रवाह गर्दा भिडभाँड आफै घट्छ ।’ दुई साताकै अवधिमा प्रशासनमा दैनिक हुने भिडभाँडले शुद्ध राष्ट्रिय परिचय पत्रका सेवाग्राही सहित अन्य सेवाग्राही समेत मारमा पर्दै आएका छन । चौतर्फि रुपमा पालिका स्तरबाटै सेवा प्रवाह गर्नु प्रशासनलाई सुझाव आएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार