Wednesday, July 24, 2024

कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ। लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतवार आगलागी भएको हो।

आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार