Saturday, July 13, 2024

जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुनार निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा शिवराज सुनार निर्वाचित भएका छन् । शनिवार भएको संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा सुनार १४१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी लाल बहादुर धामीले जम्मा ८९ मत मात्र प्राप्त गरे ।

अध्यक्ष सुनार सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख समेत हुन् । सुनारले स्वास्थ्य कार्यालय कञ्चनपुरको प्रमुख भएर जिम्मेवारी निर्वाह गरि सकेका छन् । संघको उपाध्यक्ष भूपेन्द्र सिंह महरा, सचिवमा नृपराज डंगौरा निर्वाचित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार