Wednesday, July 24, 2024

विपद्बाट बाँच्न बेलडाँडीको चौधर नदीमा कृत्रिम अभ्यास

प्रकाशित:

महेन्द्रगर । विपद्बाट बाँच्नका लागि कञ्चनपुरको बेलडाँडीमा कृत्रिम अभ्यास गरिएको छ । आइतबार बेलडाँडी गाँउपालिका ५ झिलमिला चौधर नदीमा कृत्रिम अभ्यास गरिएको हो ।

बेलडाँडी गाँउपालिका र निड्स नेपालको संयुक्त आयोजनामा विपद्बाट बाँच्नका लागि पुर्वानुमानमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । विपद् पूर्व तयारी दुत प्रतिकार्य तथा पुर्नलाभका लागि समुदायको सबलिकरण परियोजनाका सयोजक ईश्वर उपाध्यायले यस बर्ष विपद् जोखिम बढ्ने भएकाले विपद्को उच्च जोखिमा रहेको बेलडाँडीका नागरिक सुरक्षाका लागि पुर्व तयारी अभ्यास गरिएको बताए ।

विपद् पूर्व तयारी दुत प्रतिकार्य तथा पुर्नलाभका लागि समुदायको सबलिकरण परियोजना बेलडाँडीका सहजकर्ता जानकी शाहीले यस अघि बेलडाँडीका सबै वडा स्तरका ८ गाँउबस्तीमा नमुना अभ्यास गरेर पालिका स्तरकै नमुना अभ्यास चौधर नदीमा गरिएको बताईन । कार्यक्रममा बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले विपद्मा महिला, बालबालिका बढि जोखिममा हुने भएकाले अभ्यास मार्फत विपद्का बेला सचेत हुनुपर्ने बताईन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विपद् पुर्व तयारीका लागि अभ्यासका साथै पालिकाले आवश्यक तयारी गरेको बताए । नेपाल रेडक्रस सोसाईटी सुप प्रदेश कार्यालयका प्रमुख एव कार्यक्रम सहजकर्ता लक्ष्मण दत्त भट्टले विपद् तयारी पुर्व अभ्यासको निर्देशन गरेका थिए ।

बेलडाँडी गाँउपालिका ५का वडाध्यक्ष इन्द्र बहादुर खड्काको अधयक्षतामा गरिएको कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, विशिष्ट अतिथि उपप्रमुख शान्ति नाथ, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सहितको सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार