महेन्द्रनगर । नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। जेठ ७ गते स्कुल गएका उनीहरू सम्पर्क विहीन थिए। उनीहरू घर नफर्किएपछि खोजी सुरू भएको थियो।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
बालकहरू कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ का हुन्। सहयात्री नेपाल संस्थाले विभिन्न निकायहरूसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो। उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
त्यो सूचना पाएपछि भारत पुगेर बालकहरूलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए। भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्युरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)