Saturday, July 13, 2024

बेलडाँडीमा चिस्यान केन्द्रको शिलान्यास

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर किसानको सुविधाका लागि कंचनपुरको बेलडाँडीमा चिस्यान केन्द्र स्थापना हुने भएको छ।स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा जिल्लाको बेलडाँडी गाउँपालिकाले चिस्यान केन्द्रको निमार्ण कार्य सुरु गरेको हो।

आ्रईतबार प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले एक कार्यक्रमका बिच उक्त चिस्यान केन्द्रको शिलान्यास गरेका हुन।गाउँपालिकाको वडा नम्बर २ गौडीमा कृषि मन्त्रालय र गाउँपालिकाको साझेदारिको १ करोड बजेट लगानीमा काम सुरु गरिएको हो ।

चिस्यान केन्दमा किसानले उत्पादन गरेका, फलफुल, आलु, अदुवा किसानले भण्डारण गर्न सक्नेछन ।किसानहरुले अफसिजनमा बजारमा लिएर बिक्रि गर्ने र किसानलाई आत्मनिर्भर गराउने उद्धेश्यले चिस्यान केन्द्र निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताउनुभयो ।

 

ताजा समाचार

सम्बन्धित समाचार