होटल ओपेराको स्वीमिङ्गपुलमा भीमदत्तको डोजर

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरविकास समितिको जमिनमा अवैध रुपमा बनेका सरचना हटाउने अभियान अन्र्तरगत होटल ओपेराको स्वीमिङ्ग पुलमा समेत डोजर चलाएको भत्काईदिएको छ । यस अघि नगरविकास समितिको जमिनमा बनेका सरचना हटाउन वा संरचनाका तालाचाबी बुझाउन भीमदत्त नगरपालिकाले आब्हान गरेको थियो ।

जस अनुरुप १४ बैशाखमा होटल ओपेराले भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी, ४का वडाध्यक्ष शुशिल भट्ट, ७का वडाध्यक्ष गणेश चन्द र १८का वडाध्यक्ष रबिन्द्र देवकोटालाई संयुक्त रुपमा स्वीमिङ्गपुलको तालाचाबी बुझाएका थिए ।होटलले स्थानीय सरकारलाई तालाचाबी बुझाएको १९औँ दिनमा डोजर लगेर भत्काईदिएको छ ।

१असार शनिबारकै दिन भीमदत्त नगरपालिकाले डोजर लगेर भत्काएको नगरपालिकाले जनाएको छ । यस अघि तालाचाबी बुझाएको केही दिनमै पार्किङ्ग स्थलमा पालिकाले आफ्नै रुट बनाउन दक्षिण तर्फको पर्खाल भत्काएको थियो । होटल ओपेराले समेत अदालतबाट स्टे अडरका लागि मुद्दा दायर गरेको सुईको पाएपछि पालिकाले भत्काएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिका ४का वडाध्य शुनिल कुमार भट्टले होटल ओपेराले समेत १बैशाख ०८१मा अन्तरिम आदेशका लागि भीमदत्त नगरपालिका सहित भीमदत्त नगरपालिका, प्रशासन, प्रहरी कार्यालय बिरुद्धमा रिट दायरको बताए । वडाध्यक्ष भट्टले ओपेराले दायर गरेको रिटमा कतै स्टे अडर आए भत्काउन समस्या हुने भएकाले दायर गरेको दोस्रो दिनमै भत्काएको बताए ।

तर, होटल ओपेराले स्टेय अडरका लागि रिट दायर नगरेको जनाएको छ । होटल ओपेराका संचालक खगेश्वर बोहराले तालाचाबी पालिकालाई बुझाईसकेको अवस्थामा उसकै मातहत गएको स्वीमिङ्ग पुल भत्काउने, राख्ने पालिकाकै अधिकार भएको बताए ।

नगरविकास समितिकै जमिनमा गैर कानुनी रुपमा सरचना बनाएर व्यवसाय गर्दै आएका सुधा झा र पाठक ईण्डष्ट्रिजले स्टेय अडर ल्याएका छन । भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले भूमाफिया समुहले अदालत प्रयोग गरेपनि अतिक्रमण क्षेत्र हटाउने अभियान नरोकिएको चेतावनी दिर्दै आएका छन ।

प्रवक्ता अवस्थीले सरकारी जमिन कौडीको भाउमा कब्जा गरेर बषौँ रजाई गर्न कसैलाई छुट नभएको बताएका छन । ५जेठदेखि भीमदत्त नगरपालिकाले अवैध अतिक्रमित सरचना हटाउन अभियान शुरु गरेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार