Wednesday, July 24, 2024

दोधारा चाँदनीबाट बेपत्ता भएका दुई बालकको भारतको बरेलीबाट उद्धार

प्रकाशित:

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीबाट बेपत्ता भएका दुई वालकको भारतबाट उद्धार गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाबाट ७ वर्ष र अर्का १४ वर्षका दुई बालकलाई सहयात्री नेपाल नामक गैरसरकारी संस्थाले भारतको उत्तर प्रदेश बरेलीबाट सकुशल उद्धार गरि आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको रोहवरमा घरपरिवारको जिम्मा बुझाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् ।

उनिहरु दुबै गएको जेष्ठ ८ गते बिद्यालयबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् । उत्तर प्रदेश बरेली बजार क्षेत्रमा अत्यन्तै जोखिममा रहेको अवस्थामा भारतिय प्रहरीले फेला पारेपछि राजकिय बालगृह बरेलीलाई जिम्मा लगाएको थियो ।

राजकिय बालगृह बरेली र सहयात्री नेपालको सहयोग र सहकार्यमा बालकलाई उद्धार परि घरपरिवारलाई जिम्मा लगाईएको सहयात्री नेपाल नेपालगञ्जका सह–सचिव देवा बहादुर क्षेत्रीले जानकारी दिनुभएका छ् । उहाँका अनुसार दोधारा चाँदनी नगरपालिकाका एक अर्का बालकको बरेलीबाट उद्धार गर्न अझै बाँकी रहेको बताउनुभएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार