Sunday, July 21, 2024

सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अस्वथामा फेला

प्रकाशित:

महेन्द्रनगर । सिरहा जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिला प्रहरी मृत भेटिएकी छन् ।सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी बताए । उनका अनुसार सुनार महिला तथा बालबालिका सेलमा कार्यरत थिइन् ।

बाँके जिल्ला घर भएकी मृतक सुनारको शव अहिले घटनास्थलमै छ । एसपी पण्डितले मृतकको परिवारलाई खबर गरेको र आएपछि मात्रै शव पोष्टमार्टमका लागि लगिने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार