भुवनेश्वरी हार्डवयर एन्ड सप्लायसका सञ्चालक खड्का द्धारा पंखा वितरण

प्रकाशित:

महेन्द्रनगर । भुवनेश्वरी हार्डवयर एन्ड सप्लायर्स महेन्द्रनगरका सञ्चालक तेज बहादुर खड्काले पंखा वितरण गरेका छन् ।बेदकोट नगरपालिका वडा न ८ रौटेलामा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको लागि खड्काले ६ वटा पंखा वितरण गरेका हुन ।

श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेलामा रहेका जेष्ठ नागरिकहरुको माग र समस्यालाई मध्यनजर गर्दै पंखा वितरण गरेको खड्काले बताएका छन् । श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष मोहन चन्दले जेष्ठ नागरिक केन्द्रको समस्यालाई मध्यनजर गर्दै तथा समितिलेको माग अनुसार सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद समेत ब्याक्त गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार