महेन्द्रनगर । बेदकोट छेला रोडमा धुलोधुवा हुदा स्थानीयद्धारा ग्रावेल ढुवानीका गाडी चल्न हिजो देखि रोक लगाएपछि निर्माण व्यवसायी मारमा परेका छन् । आर्थिक बर्षको अन्तिम तिर पुग्दा कामको चटारोमा रहेका निर्माण व्यवसायीहरु सडक अवरुद्ध भएपछि मारमा परेका छन् ।
छेला देखि दैजी रोडमा ठुला साधनले परेका खाल्डाखुल्डीका कारण बस्ती धुलाम्मे भएपछि स्थानीयहरुले सडक मर्मतका लागि पालिकालाई गुहार गर्दा समेत वास्ता नगरेपछि सडक बन्द गर्न बाध्य भएको उनीहरुको भनाई छ ।
दैजी छेलाका नदीखोलाबाट करोडौं आम्दिानीको श्रोत बाध्ने पालिकाले उक्त सडक मर्मत नगरिदिने भएपछि आफुहरु आन्दोलनमा उत्रिनु परेको गाउँलेहरुको भनाई छ । हिजो देखि उक्त सडक बन्द भएपछि निर्माण व्यवसायी निकै मारमा परेका छन् । छिट्टै काम सक्नु पर्ने दवावमा रहेका निर्माण व्यवसायीहरु सडक बन्दको प्रभाव निकै परेको छ । पालिकालाई निर्माण व्यवसायीहरुले सडक खोल्ने सहमति गरिदिन आग्रह गर्दा समेत पालिकाले कुनै वास्ता नगर्दा आफुहरु झिन समस्यामा परेको बताए ।
बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीका अनुसार तत्काल उक्त सडकमा परेका खाल्डाखुल्डी पुर्ने बचन मेयर सावले दिएको बताए । अहिले पुरै पिज गर्न नसकिने र आगामी बर्ष सम्भव भए त्यो पनि गर्ने पालिकाले जनाएको छ ।