Saturday, July 27, 2024

हुलाकी राजमार्ग दैजी–बेलडाँडी सडक खण्ड विस्तारमा ढिलाई

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको निर्माणाधिन हुलाकी राजमार्ग सडक खण्ड विस्तारमा ढिलाई भएता पनि सडकमा पर्ने पुल निर्माणको कार्य तिव्र अघि बढाइएको छ् । जिल्लाका पुरै सडक विस्तारमा चरम ढिलाई भएता पनि हुलाकी राजमार्गको दोस्रो खण्ड अन्तर्गत बेलौरी नगरपालिका-८ को कलकत्ता सुतिया खोला र तेस्रो खण्ड दैजी–बेलडाँडी अन्तर्गत बीच जंगलको नालामा पुल निर्माण कार्य अघि बढेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हुलाकी राजमार्ग अन्तर्गत पुलको काम तिव्र रुपमा अघि बढेता पनि दोस्रो र तेस्रो खण्ड सडक निर्माणमा ठेकेदार कम्पनीबाट चरम लार्पबाही हुँदा सडक भन्दा पुल पहिल्यै बनिसक्ने अवस्था आएको छ् । तीन वर्षमा सक्नुपर्ने सडक सात वर्ष वितिसक्दा समेत सडक भने बनेको छैन् । पुल निर्माण कार्य पुरा भईसक्छ, तर सडक अधुरै हुने अवस्था सृजना भएको छ् । ठेकेदार कम्पनीले अनेकन बहानाबाजी गरेर सडक बनाउन सकेको छैन् ।

पुल र सडक निर्माण कम्पनी अलग(अलग हुन् । पुल निर्माण कम्पनीले धमाधम काम अघि बढाइरहेका बेला सडक निर्माण कम्पनीद्वयले ढिलाई मात्रै नभई लार्पबाही समेत गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका सूचना अधिकारी समेत रहेका ईन्जिनियर बर्ख बहादुर कठायतले कञ्चनपुरमा विस्तार भइरहेको हुलाकी राजमार्गमा दुई पुलको काम तिव्र गतिमा अघि बढिरहेको बताए । सूचना अधिकारी कठायतले जंगल र कलकत्ता खोलामा निर्माण हुने पुलको काम अघि बढेको बताए । उनका अनुसार निरज जंगलको नालामा भौनेली सिरियाज जेभीले ३ करोड २७ लाख ७६ हजार बराबर बजेटमा २०८० साल चैत ४ गते देखि सुरू गरेर २०८१ साल असार ३१ गते सम्म पुल निर्माणले जिम्मा पाएको छ् भने, २७ मिटर लामो ११ मिटर चौडाईको पुल निर्माण गर्नुपर्ने छ् ।

हाल उक्त पुलको प्रगति ५० प्रतिशत भएको छ् । त्यसैगरी कलकत्ताको सुनिया नालामा मालिका निर्माण सेवाले २०८० साल वैशाख १७ गतेदेखि २०८१ साल असार ३१ गते सम्म निर्माणको जिम्मा पाएको छ् । उक्त कम्पनीले हालसम्म ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ् । उक्त पुल निर्माणका लागि ३ करोड १३ लाख ६९ हजारमा ठेक्का पाएको छ् । निकुञ्जको जंगलमा बम बहादुर बम, जीवन सिंह र कलकत्ताको सुतिया नालामा बसन्त साउद, रघुबिर सिंह साउद सहितका निर्माण व्यवसायीले एक वर्षमै निर्माण गरिसक्नुपर्ने पुलको काम तिव्र बनाएपछि काँग्रेस डडेल्धुराका सभापति एवम् पूर्व जोगबुढा नगरपालिका नगरप्रमुख भीम साउद नेतृत्वको कम्पनीले तीन वर्षमा सक्नुपर्ने काम ७ वर्षसम्म समेत सडक निर्माण गर्न नसकेपछि जनता ठेकेदार बिरुद्धमा आक्र्रोसित भएका छन् ।

त्यसैगरी कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन् । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ७४ महिना वितिसक्दा समेत सडक अधुरै रहेको छ् । २०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजना बीच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर गरेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन् ।

त्यसैगरी कैलाली र कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार, पुनर्वास, बेलौरी र बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई र कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई गरेता पनि काम भने पुरा गर्न सकिएको छैन् । डोकेबजारदेखि बेलौरी सम्म पहिलो खण्ड ०(२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०(६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएको थियो । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभी बीच २०७३ साल फागुन १ गतेदेखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो भने, सम्झौता अनुरुप काम हुन सकेन । सम्झौता अनुरुप काम गर्न नसक्दा पहिलो पटक २०७६ साल चैत ३० गते सम्म म्याद थपियो ।

उक्त अवधिमा समेत काम गर्न नसक्दा दोस्रो पटक २०७७ साल साउन ४ गतेसम्म म्याद थप गरियो । त्यसैगरी तेस्रो पटक २०७७ साल माघ २ गतेसम्म समेत म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसक्दा चौथो पटक २०७८ साल चैत ३० गतेसम्म म्याद थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाँचौं पटक म्याद थपका लागि फाईल पेश गरेको छ् । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ् । दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि ९२०–४०० बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ् ।

२० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ् । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना बीच २०७३ साल फागुन १२ गतेदेखि २०७६ साल भदौँ २६ गते सम्ममा निर्माण कार्य सक्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन् । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक २०७७ साल बैशाख १२ गतेसम्म म्याद थप गरियो भने, दोस्रो पटक २०७७ साल मंसिर ७, तेस्रो पटक २०७८ साल जेठ ७ र २०७८ साल माघ १ गतेसम्म चौथो पटक म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ ।

कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाइन्छ । गत असारमा चार-चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सूचना नै प्रकाशित गरेता पनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ् । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले वषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन् । हिउँद, गर्मीमा धुलाम्मे र वर्षातमा हिलाम्मे सडकले यात्रुको जोखिमपुर्ण यात्रा मात्रै नभई स्वास्थ्यमा गम्भिर असर परिरहेको छ् । छेउछाउका सडक पनि हुलाम्मेले बोटबिरुवा समेत सेताम्मे भएका छन् ।

हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका-१ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ हुलाकी सडकमा चरम ढिलासुस्ती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए । हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका(९ रतनपुरका प्रमानन्द जोशीले दुरगामी योजना नहुँदा वर्षातका बेला डुवान, धुलाम्य र सुख्यायाममा धुलाम्मे स्थानीयलाई समस्या भइरहेको बताए । हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, उनले भने,ुठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’

सडक निर्माणसंगै पानी निकासका लागि ढल निर्माण हुनुपर्ने बताए । उनले ढल निर्माणसंगै हुलाकी सडक दर्ता जमिन धनीलाई समेत सरकारले मुआब्जा दिनुपर्नेमा जोडदिए । त्यसैगरी निर्माण कम्पनीले सम्झौता गरेको ७४ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ् । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ् । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेको छ् । बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका-८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भइरहेको बताउँदै आएका छन् ।

भारतीय पक्षले उक्त क्षेत्रको १२ सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि उक्त निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ् । हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री, संसद, पुर्व संसद, जनप्रतिनिधी अधिकांश राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भइरहेको छ् । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाइसकेको जनाएको छ् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका सूचना अधिकारी बर्ख बहादुर कठायतले दुबै निर्माण कम्पनीलाई अधुरो काम गर्न पटक-पटक ताकेता गरिएको बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार