ओलीलाई बालेनको कटाक्ष : १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु !

प्रकाशित:

काठमाडौ । उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका छन्।

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर आक्रोश पोखेका छन्।
‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ।

गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

मेयर बालेनले ’यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाएका छन्।

‘अब बल्ल देश बन्ने भएछ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला।

नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ उनले भनेका छन्।
काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन सुरू गरेको थियो।

काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघु¥याउन थालेको भन्दै सडक डिभिजन काठमाडौंले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो। महानगरले सडक नटालेपछि सडक डिभिजन काठमाडौंले सोमबार बिहानबाट सडक टाल्न थालेको छ।

ताजा समाचार

सम्बन्धित समाचार