Saturday, July 27, 2024

प्रादेशिक गणित प्रतियोगितामा कंचनपुरको ईन्टरनेस्नल पब्लिक स्कुल बिजयी

प्रकाशित:

महेन्द्रनगर ।  धनगढीको ऐश्वर्य बिद्या निकेतन तथा नेपाल गणित समाजद्वारा आयोजित प्रदेश स्तरको गणित प्रतियोगितामा ईन्टरनेस्नल पब्लिक स्कुल कंचनपुर प्रथम भएको छ। प्रतियोगितको प्रथम चरणमा ९७, दोश्रो चरणमा १६ र अन्तिम तेस्रो चरणमा ६ स्कुलहरु सहभागी थिए, जस्मा दोश्रो स्थान महेन्द्र मा बि साधारण कटान कंचनपुर र तेस्रो स्थान पुर्ण लक्ष्मी मा बि अत्तरिया कैलाली भएको छ। प्रतियोगितामा प्रथम हुने बिद्यालय ईन्टरनेस्नल स्कुलका कक्षा १० का नैतिक बैज, सुप्रीत रावल र दिनेश पाण्डे विद्यार्थीहरुले प्रतिनिधित्व गरेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्मरण रहोस यो बिद्यालय क् परीक्षामा सुदूर पश्चिममै सात पटक प्रथम भइ नेपाल सरकारबाट क्षेत्रीय बिद्या शिल्डबाट पुरस्कृत भएको र बोर्ड २०७२ को परीक्षामा स्मेत यस बिद्यालयका विद्यार्थी सुभाष लामिछानेले तेस्रो स्थान प्राप्त गरेको उल्लेखनीय उपलब्धि रहेको छ।त्यस्तै स्थानीय देखि राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा आफ्नो सहभागिता र सफलताको बर्चस्व कायम गर्दै आएको यस बिद्यालयले मुलुकमै शिक्षक्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको छ।

साथै गणित विषयका सिनियर शिक्षकहरु नगेन्द्र कलौनी र गोबिन्द गिरीमा कलौनीलाई गत वर्ष २०८० को राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने नेपाल सरकारले घोषणा गरेको छ।संस्कार सहितको गुणस्तरिय शिक्षा दिदै आएको यस बिद्यालयले २ वर्ष अघि २०७९ मा आफ्नो रजत जयन्ती मनाएको छ। बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष समाजसेवी लिलाध्वज बस्नेत र संचालक समितिको अध्यक्ष गौराज बहादुर लिम्बू रहेको यस बिद्यालयको प्रीन्सिपलमा राजेन्द्र भट्ट र प्रमुख संचालकमा गणेश बोहरा रहेका छन

ताजा समाचार

सम्बन्धित समाचार