अत्यधिक गर्मी हुँदा कञ्चनपुर र कैलालीको जनजीवन कष्टकर बन्दै

प्रकाशित:

महेन्द्रनगर । केही दिनदेखि बढेको गर्मीले कञ्चनपुर, कैलाली लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको थियो भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको थिायो ।

जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको र खोप केन्द्र पनि विद्यालयमै हुने हुदा खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरेका थिो । गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

अत्यधिक गर्मी हुँदा कञ्चनपुर र कैलालीको जनजीवन कष्टकर बन्दै गइरहेको छ । मनसुनको सुरुवात भइसक्दा पनि पानी नपर्दा यहाँको जनजीवन कष्टकर भएको छ । अत्यधिक गर्मी बढ्न थालेको भन्दै भीमदत्त नगरपालिकाले जेठ २३ देखि २७ सम्म विद्यालय बन्द गराउने निर्णय गरेको छ ।

यस्तै बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाले पनि विद्यालय बन्द गराएका छन् । यस्तै अत्यधिक गर्मीका कारण भन्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि दुई दिन बिदा दिने निर्णय गरेको छ । कैलालीको अत्तरियाको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । यस क्षेत्रको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री मापन भएको मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

जेठ तेस्रो साता सुरुहुन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो । गर्मीले दिउसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको
छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । गर्मीका कारण घाउ, खटिरा, आउ“, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउ“छन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकास“गै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।

कञ्चनपुर र कैलालीमा यति धेरै ताक्रम बढेको यही वर्ष मात्र हो । यस अघिसम्म ४२, ४३ डिग्री सेल्सियस नाघेको कुनै वर्षको रेकर्ड छैन । विगतमा ४२, ४३ डिग्री सेल्सियस नाघेसंगै पानी पर्ने गर्दथ्यो र जनजीवन सामान्य हुने गर्दथ्यो । तर यस वर्ष ४५ डिग्री सेल्सियसको हाराहारीमा पुग्दा पनि पार्ने पर्ने हुनै लक्षण देखिएको छैन । मैसम पूर्वानुमान माहाशाखाले जेठ १९ पछि पानी पर्ने भनेकोले जेठ १९ को प्रतिक्ष थियो ।

तर अहिले पनि पानी नपर्दा जनजीवन निकै कष्टकर बनेको छ । गर्मीका कारण मान्छ विरामी मात्र होइन मर्न थालेका समाचारहरु आउन थालेका छन् । भारतमा एकै दिनमा १७ जना भन्दा बढीको मृत्यु भएको समाचारहरु आएका छन् भने नेपालमा पनि फाटफुट यस्ता घटनाहरु हुने गरेका छन् । गर्मी बढेसंगै विद्युत पनि अनियमित हुने गरेको छ । विद्युत समय समयमा जाने आउने गरेका कारण जनजीवनमा ठूलो समस्या थपिने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार