Wednesday, July 24, 2024

जलवायु मन्त्री नमुना गाउ लगाएतका कार्यक्रममले कृष्णपुरका किसान आर्थिकरुपले अब्बल बन्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मोहना सिविरमा रहेको प्रगती कृषकहरु जलवायु मैत्री व्यावसायीक तरकारी खेती गर्दै आईरहेका छन् । कृषि ज्ञानकेन्द्र कञ्चनपुर तथा लिबर्डको साझेदारी तथा सहयोगमा सिविरमा बसोवास गर्दै आईरहेका ४५ घर धुरी कुषकहरुले जलवायु मैत्री ब्यावसायीक तरकारी खेती गर्दै आईरहेका छन् ।

त्यस्तै वडा नम्बर ६ मा रहेका कृषकहरुलाई बृहत उत्पादन कार्यक्र अन्र्तगत कृषी ज्ञानकेन्द्र कञ्चनपुर र समुदायको ५० प्रतिशत अनुदानमा तरकारी खेतीमा जोडेपछी अहिले कृषकहरुले मनग्य आम्दानी गर्दै आईरहेका छन् । सनिबार जिल्ला समन्वय कञ्चनपुरका प्रमुख,कृषि मन्त्रालयका सचिव तथा ज्ञानकेन्द्र लिबर्ड लगाएतलेको टिमले सो क्षेत्रको अनुगम गरेको थियो ।

प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्र्तगत वडा न ५ पवित्रा बस्तीमा तरकारी खेती सम्बन्धी तालीम तथा टर्नल,थोपा सिचाई,प्लष्टिक मलचिङ,गड्यौला वेड,भकारो सुधार,सोलार सिचाई,खोर सुधार,सुधारीएको चुलो,स्वईल सिमेन्ट लगायत पोखरी,सिचाई बोरिङ्ग,उत्पादन सामाग्री सहयोग गरेपछी कृषकहरुकोहरुको अवस्थामा सुधार आएको छ ।अहिले त्याहाका किसानहरुले तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोतको रुपमा लिदै आईरहेका छन् ।

पवित्रा बस्तीमा बलौटे जमीन भएकोले सिचाईको समस्या भएको कृष्णपुर नगरपालिका ५ की कृषक चमेली चौधरीले बताईन् ।गत विगतका दिनहरुमा बलौटे, रुखो जमिनमा कुनै खेती पनि सन्तोषजनक उत्पादन नहुने हुदा हैरानी खेपी रहेका कृषकहरुलाई कृषि ज्ञानकेन्द्र र लिबर्डको सहयोगमा जलवायु मैत्री तरकारी खेती गर्ने नयाँ प्रविधि सिकाउदा आफुहरु निकै खुसी र सफल भएको उनको भनाई रहेको छ ।

त्यसै गरी कृष्णपुर नगरपालिका ६ का बालुवाफाटाका कृषकहरु पनि तरकारी खेतीबाट बाह्र महिना मनग्य आमदानी गर्दै आईर बताउछन् । कृषक हरीराम चौधरीले तरकारी खेतीबाट आफुले पर महिना एक लाख बराबरको आम्दानी गदै आईरहेको बताउछन् । कृषि ज्ञानकेन्द कञ्चनपुरका प्रमुख गोविन्द सिजालिले कृषकहरुको लागि लागु गरिएका जलवायु मैत्री ब्यावसायीक तरकारी खेती कृषकहरुका लागि लाभदायीक रहेको बताए ।सिजालीले यस्ता कार्यक्रमहरुले कृषकहरुको आय–आर्जनमा निकै टेवा पुर्याउने हुदा आगामी दिनमा पनि यस्ता कार्यक्रममलाई थप निरन्तरताका साथ पहिलो प्रथमिकतामा राख्ने बताएका छन् ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार